पैसाको खोलो बगाएका प्रिमियर लिग क्लवले कति खर्च गरे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 391 पटक हेरिएको

इग्लिस प्रिमियर लिग क्लवहरुले खेलाडी अनुबन्धको जेनेवरी विन्डोको अन्तिम दिनमात्र १५० मिलियन पाउण्ड खर्च गरेका छन ।

जेनेवरीको ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लवले किर्तीमानी चार सय ५० मिलियन पाउण्ड खर्च गरेका छन ।

ट्रान्सफर विन्डोको अन्तिम दिन आर्सनलले बुर्सिया डर्टमुन्डबाट पियरे इमिरीकलाई ५६ मिलियन पाउण्डमा अनुबन्ध गरयो । यस्तै टोटनह्यामले लुकास मोउरालाई २३ मिलियनमा क्लवमा भित्र्यायो ।

यस्तै चेल्सी र स्वान्सेले अलिभेर गिरोउड र एन्द्रे ऐउलाई समान १८ मिलियन पाउण्डमा अनुबन्ध गरयो ।

२०१८ को पहिलो महिना क्लवले गरेको खर्च २०११ को भन्दा दोब्बर भएको छ । सो बर्ष प्रिमियर क्लवले २०५ मिलियन पाउण्ड खर्च गरेका थिए ।

जसमा चेल्सीले फर्नान्डो टोरेसलाई लिभरपुलबाट ५० मिलियन पाउण्डमा भित्र्याएको थियो ।

यस्तै लुइस स्वारेजलाई ३५ मिलियनमा क्लवमा अनुबन्ध गरेको थियो । ७ बर्षपछि तीन जना स्ट्राइकरले चर्चा पाए । जसमा पियरे एमरिक, गिरोउड र मिचे रहेका छन ।

यो महिना महंगा भएका खेलाडीको सुची

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey