थ्रीस्टारसँग अंक खोस्न सफल फ्रेन्ड्स, एक एक गोलको बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 868 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणमा थ्री स्टार फ्रेन्डस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको छ। तीन अंकको खोजिमा रहेका दुबै क्लबले दोस्रो हाफमा गोल गरेपनि जितका लागि पर्याप्त भएन। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पनन खेलको पहिलो हाफमा दुबै टीमले गोलका केहि सिमित अवसर सिर्जना गरेपनि गोल गर्न चुक्दा पहिलो हाफ गोलविहिन बन्यो। खेलको चौंथो मिनेटमानै फ्रेन्ड्सका प्रिजेन तामाङले गरेको लङ सटलाई थ्री स्टारका गोलरक्षकले मुस्कीलले क्लियर गर्दै सुरूवाति संकट टारेका थिए।

२० औं मिनेटमा थ्री स्टारका हेमन्त थापाको फ्रिकिकलाई पनि फ्रेन्ड्सका गोलरक्षकले जोगाए। त्यसपछि पनि दुबै टीमका केहि सिमित प्रहार केहि फितलो बने भने केहि पोस्टभन्दा केहि टाढै बाहिरिएका थिए। थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ। उपाधि होडमा बलियो हुन कम्तीमा तीन अंक खोस्ने प्रयासमा थ्री स्टार रहेको छ। फ्रेन्डस भने पहिलो जितको खोजिमा रहेको छ।

यद्धपि दोस्रो हाफमा दुबै टीम थप आक्रमक बनेका थिए। ५० औं मिनेटमा थ्री स्टारका ऋतिक खड्काको प्रहार गोलरक्षकले जोगाँउदै फ्रेन्डसको संकट टारे। लगतै फ्रेन्डसले खेलमा अग्रता लियो ५१ औ मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। गार्सियाले प्रकाश बूढाथोकीको क्रसलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलमा फर्कन आक्रमक बनेको थ्री स्टारले गोलका केहि राम्रा अवसर निरन्तर बनायो। ७५ औ मिनेटमा थ्री स्टारका सञ्जोग राइको प्रहार पोलमा लागेर बाहिरिंदा थ्री स्टार संभावित बराबरीबाट चुकेको थियो।

यद्धपि त्यसपछि पनि थ्री स्टारले आफ्नो प्रयास जारी राख्यो। अन्तत ८२ औ मिनेटमा थ्री स्टार गोल फर्काउन सफल रह्यो थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे। उनले ऋतीक खड्काको पासलाई सदुपयो गर्दा थ्री स्टारको संभावित हार टरेको थियो।

खेलमा थ्री स्टारले अग्रता बनाउने प्रयासलाई अन्तिम सम्म कायम राख्यो। गोल रक्षक अघि बढेको मौकामा ८५ औ मिनेटमा ऋतीकलेनै गरेको प्रहार फ्रेन्डसका एन्थोनी पउलले गोललाईनबाट हेड गर्दै क्लियर गर्दा फ्रेन्डसको अन्तिम संकट टर्यो ।

खेलपछि थ्रीस्टारले अंक तालिकामा ४ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। फ्रेन्डसको भने दुई अंक भएको छ। फ्रेन्डस भने १० औ स्थानमा रहेको छ। आजकै अर्को खेलमा ४:४५ मा विभागिय टीम एपिएफ र सातदोबाटो युथ क्लब भिड्ने छन्

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal