८०० गोलको कोसेढुंगा पुरा गर्ने रोनाल्डो पहिलो खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 847 पटक हेरिएको

क्रिश्टियानो रोनाल्डो इतिहासमा ८००+ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले बिहिबार आर्सनल विरुद्ध म्यानयुलाई ३-२ ले जित दिलाउँदा उनले २ गोल गर्दै ८ सय गोलको कोसेढुंगा पुरा गरेका थिए।

३६ वर्षिय रोनाल्डोले यो कीर्तिमान पुरा गर्न कुल १०९७ खेल खेले। जसमा उनले म्यानचेस्टर युनाईटेड बाट १३० गोल गर्दा स्पोर्टिङ लिसबनबाट ५, रियल म्याड्रिडबाट ४५०  र युभेन्टसबाट १०१ गोल संभव बनाए भने पोर्चुगलका लागि ११५ गोल गरेका छन्।

रोनाल्डो विश्व फुटबलको सर्वकालिन सर्वाधिक गोलकर्ता समेत हुन्। उनले पोर्चुगलका लागि ११५ गोल गर्दै सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।  

प्रिमियर लिगका अलटाइमा टप स्कोरर एलन शियररले उनको यो उपलब्धि अविश्वसनिय रहेको बताए। उनले भने 'यो एक कठिन संकल्प हो, शिर्ष स्थानमा पुग्नु आफैमा निकै मुस्कील छ अझ त्यहाँ रहनु झनै कठिन काम हो, त्यसमा पनि हरेक हप्ता विश्वको नजर तपाँइसँग रहने र हरेक दिन गोल गर्नु पर्ने चुनौती हुनु र स्विकार्नु साँचिकै कठिन काम हो।' रोनाल्डोका पोर्चुगिज तथा युनाइटेडका समकक्षि ब्रुनो फर्नान्डेजले भने ' अविश्वसनिय, हामि सबैलाई थाहा छ उनी हरेक खेलमा आफुलाई सुधारिरहेका हुन्छन् र हरेक वर्ष उनले आफुलाई परिस्कृत गरिरहेका छन्। उनले आफुले आफुलाई कसरि कन्भिन्स गरेका छन् भन्ने कुराका हामि साक्षी हौं।'

के रोनाल्डो सर्वकालिन टप स्कोरर हुन?

रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सर्वकालिन टप स्कोरर भएकोमा कसैले संका र विवाद गरेको छैन्। तर उनी सबै खाले मामिलामा उच्च गोलकर्ता हुन भन्ने विषयमा भने प्रश्नहरु उठ्ने छन्। तर आधिकारीक रुपमा अब उनीनै यो उपलब्धिका लागि लायक छन्।

चेक फुटबल एसोसिएसनका अनुसार जोसेफ बिकान जसले चेकोस्लाभाकिया र अस्ट्रियाका लागि खेले उनले ८२१ गोल गरेका थिए। त्यो पनि अफिसियल खेलहरुमानै। त्यसोत उनले अन्य स्थानमा ८०५ गोल गरेको दाबि गरिन्छ। यद्धपि उनको यो उपलब्धिलाई पाखा लगाउन गैर आधिकारीक प्रतियोगिता खेलेको दाबि गरिन्छ।

ब्राजिलियन लिजेन्ड पेले र रोमारियोले पनि १ हजार भन्दा बढि गोल गरेको दाबि गरिन्छ। तर उनीहरुको पनि आधिकारिक गोल संख्या फिल्टर गरेर ७०० मा झारीएको दावि गरिन्छ। जे होस यो उपल्बधि आधिकारिक रुपमा अब रोनाल्डोकै नाममा हुने छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey