प्रदेश एकमाथि गण्डकीको रोमाञ्चक जित, फाइनलमा पुग्ने एक टिमको टुंगो अन्तिम खेलले लगाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१६
  • |
  • 695 पटक हेरिएको

हाइलाइट्स

  • अब शुक्रबार हुने बागमती र सुदुरपश्चिम प्रदेशविचको खेलले फाइनलमा पुग्ने दोस्रो टिमको टुंगो लगाउनेछ । सो खेलमा सुदुरपश्चिम जितेको खण्डमा उसले फाइनलमा स्थान बनाउने छ भने बागमतीले जितेको खण्डमा रनरेटका आधारमा दोस्रो टिमको टुंगो लाग्नेछ ।  

प्रदेश एकमाथि गण्डकी प्रदेशले एक विकेटको रोमाञ्चक जित निकालेको छ ।  यो जितसँगै गण्डकी प्रदेशले फाइनलको आशालाई जिवितै राखेको छ । हारपछि प्रदेश एकको फाइनल पुग्ने संभावना अब अरु टिमको खेलको नजितामा भरपर्ने भएको छ । यता जितपछि गण्डकीले पनि फाइनलको दावेदारीता पेश गरेको छ । 

प्रदेश एकको हारले अब फाइनलमा पुग्ने दोस्रो टिमका लागि सुदुरपश्चिम, प्रदेश एक र गण्डकी विच होड चलेको छ । तीनै टिमको समान ६–६ अंक भएको छ । तर रनरेटका आधारमा सुदुरपश्चिम दोस्रो स्थानमा छ । अब शुक्रबार हुने बागमती र सुदुरपश्चिम प्रदेशविचको खेलले फाइनलमा पुग्ने दोस्रो टिमको टुंगो लगाउनेछ । सो खेलमा सुदुरपश्चिम जितेको खण्डमा उसले फाइनलमा स्थान बनाउने छ भने बागमतीले जितेको खण्डमा रनरेटका आधारमा दोस्रो टिमको टुंगो लाग्नेछ ।  

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४४ ओभर चार बलमा एक सय ३३ रनमा अलआउट भयो ।  

खराव सुरुवात गरेको प्रदेश एकले मात्र चार रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि प्रदेश एकको स्कोर ३० रन हुँदा महत्वपुर्ण चार विकेट गएको थियो । उसका लुभ कामतले खाता खोल्न सकेनन् भने अंकित सुवेदी एक रनमा आउट भए । 

चौथो विकेटका लागि सोनु मण्डल र बिबेक मेहताविच ३३ रनको साझेदारी भएको थियो । त्यो नै उसका पारीमा भएको उच्च साझेदारी थियो । जसमा विवेकले १४ रन बनाए भने सोनु मन्डलले ११ जोडे । 

यस्तै राकेश शाहले पाँच, सिमरन राईले आठ विकेट लिए । प्रदेश एकका लागि दिपेश कँडेलले सर्वाधिक ४६ रन बनाए । बलिङमा कमल परियारले तीन तथा सुदिप अर्यालले दुई विकेट लिए । 

जवाफमा गण्डकी प्रदेशले ३८ ओभरमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात खराव गरेको गण्डकीले चार रनमा पहिलो विकेट गुमायो । उसका ओपनर उत्सभ श्रेष्ठ मात्र चार रनमा पेभेलियन फर्किए । 

दोस्रो विकेटका लागि अर्जुन कुमाल र दिपक डुर्मेविच ६७ रनको साझेदारी भएपछि टिम सम्हालिएको थियो । जसमा दिपकले ३३ रन बनाए । त्यसपछि अर्जुनपनि ब्यक्तिगत ३५ रनमा आउट भएपछि  गण्डकीले ९७ रनमा तेस्रो विकेट गुमायो । त्यसको केहि बेरमा विष्णु पाण्डेपनि मात्र दुई रनमा आउट भए । त्यो बेला गण्डकीको स्कोर एक सय ६ रन थियो । तर त्यसपछि उसले अरु ६ रन स्कोरबोर्डमा जोड्दा थप चार विकेट गुमायो । 

उसका विष्णु पाण्डे दुई, सुजल गौतम एक, सुवास भण्डारी र सन्देश सुनार र कमल परियारले खाता खोल्न सकेनन् । अन्तिममा किरन पौडेल र सुदिपले निकै धैर्यताका साथ ब्याटिङ गर्दा टिमलाई हारको नजिक पुगेरपनि जित दिलाए । जसमा सदिपले १९ बल खेल्दा दुई रन बनाए भने किरनले २४ खेलमा १२ रन बनाए । 

बलिङमा दिपेश कँडेलले चार तथा लभ कामतले तीन विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal