हेभिवेट खेलमा मच्छिन्द्र र आर्मीले अङ्क बाँढे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 904 पटक हेरिएको

हाइलाइट्स

  • दशरथ रंगशालामा भएको खेलमा पुरै ९० मिनेट दुबै टिमले एक अर्कालाई दबाव दिएपनि गोल भने गर्न सकेनन् । 

सहिद स्मारक ए डिभिजन लिगका दुई हेवीवेट टिम मच्छिन्द्र क्लव र त्रिभुवन आर्मीविचको खेल गोलरहित बराबरीमा सकिएको छ । जसका कारण दुबै टिमले स्पष्ट तीन अंक हासिल गर्ने मौका गुमाए । यो बराबरीले मच्छिन्द्रलाई घाटा भएको छ । 

दशरथ रंगशालामा भएको खेलमा पुरै ९० मिनेट दुबै टिमले एक अर्कालाई दबाव दिएपनि गोल भने गर्न सकेनन् । 

खेलको २६ औं मिनेटमा मच्छिन्द्रले उत्कृष्ट गोलको अवसरलाई खेर फाल्यो । डिबक्समा नुर्लानले कट गरेको बललाई विकेश कुथुले राम्रोसँग कन्ट्रोल गर्न नसक्दा रिबाउन्डमा सुनील बलले गरेको प्रयास बाहिरीयो । जसका कारण आर्मीले ठूलो खड्को टारेको थियो । 

पहिलो हाफमा दुबै टिमले गोल गर्न नसक्दा दुबै टिमले दोस्रो हाफमा गोलको अपेक्षा गरिएको थियो । तर दुबैले आक्रामक खेलेपनि गोलका लागि भने दुबै टिम भौतारिएका थिए । खेलको ६५ औं मिनेटमा सुनील बलको कर्नरमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले डिबक्समा बललाई राम्रोसँग कनेक्ट गर्न सकेनन् । 

दोस्रो हाफमा दुबै टिम पाँच सब्सिच्युट गरेका थिए । जसका कारण खेल अझ आक्रामक हुने अपेक्षा गरेपनि त्यो भने हुन सकेन । दुबै टिमले काउन्टर अट्याकको प्रयास गरेका थिए । तर सफल भएनन् । ७५ औं मिनेटमा आर्मीका युद्ध शाहीले प्रहार गरेको लामो दुरीको सट फ्रेममा रहन सकेन । 

खेलको अन्तिममा मच्छिन्द्रले खेलमा पकड बनाएपनि गोल गर्न भने सकेन । 

यो बराबरीले मच्छिन्द्र क्लवले दुई खेलमा चार अंक बनाएको छ । यस्तै आर्मीको दुई अंक भएको छ । यसअघि पहिलो चरणको खेलमा आर्मीले पुलिससँग एक एक गोलको बराबरी खेलेको थियो भने मच्छिन्द्रले न्युरोड टिम एनआरटीलाई दुई एकले हराएको थियो । 

अकंतालिकामा ६ अंकका साथ मनाङ लिगको शिर्ष स्थानमा रहेको छ भने चार टिमले चार अंक बोकेका छन । जसमा संकटा, सातदोबाटो, ब्रिगेड ब्याइज र मछिन्द्र छन । 

अब प्रतियोगिताको तेस्रो चरणका खेलहरु यो शुक्रबारबाट हुनेछन । जसमा पहिलो खेलमा फ्रेन्ड्स र थ्रीस्टारविच हुनेछ । अर्को खेलमा च्यासल र आर्मीविच खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal