भारत र न्युजिल्याण्डविचकाे पहिलाे टेष्ट बराबरीमा सकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 569 पटक हेरिएको

हाइलाइट्स

  • खेलको अन्तिम तथा पाँचौं दिन न्युजिल्याण्डले नौ विकेट गुमाउँदा एक सय ६५ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

भारत र न्युजिल्याण्डविचको पहिलो टेष्ट बराबरीमा सकिएको छ । खेलको अन्तिम तथा पाँचौं दिन न्युजिल्याण्डले नौ विकेट गुमाउँदा एक सय ६५ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

निकै रोमाञ्चक बनेको अन्तिम दिन भारत जितको नजिक पुगेरपनि बराबरीमा चित्त बुझाउन बाध्य भयो । 

दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले जितका लागि दुई सय ८४ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतीमा २३४ रन बनाएर इनिङ घोषणा गरेको थियो। समग्रमा भारत न्युजिल्यान्ड विरुद्ध २८४ रनको लक्ष्य दिन सफल भएकाे थियाे। पहिलो टेस्टको चौंथो दिन खेल सुरु गरेको न्युजिल्यान्डले ४ रन बनाउँदा १ विकेट गुमाउँदा दिनको खेल सकिएको थियाे।

अब अन्तिम अर्थात पाँचौं दिन न्युजिल्यान्डलाई जितका लागि २८० रन आवश्यकता थियाे भने भारतलाई ९ विकेट । 

दोस्रो पारीमा न्युजिल्याण्ड एक समय कमजोर बनेको थियो । तर पाँचौं दिनको अन्तिममा रचिन रभिन्द्रले निकै संयमित भएर ब्याटिङ गरेपछि टिमलाई हारबाट बचाए । उनले ९१ बल खेल्दा १८ रन बनाएका थिए । उनलाई अन्तिममा अजाज पटेललेपनि साथ दिएका थिए । उनले २३ बलमा दुई रन बनाए । 

दोस्रो पारीमा खराव सुरुवात गरेको न्युजिल्याण्डले मात्र तीन रन हुँदा पहिलो विकेट गुमाएको थियो । दोस्रो विकेटका लागि टोम लाथम र विलियम सोमेरभिल्लेले ७६ रनको साझेदारी गरेका थिए । तर विलियम ३६ रनमा आउट भए भने टोम लाथम ५२ रनमा पेभेलियन फर्किए । 

यस्तै कप्तान केन विलियम्सनले २४ रन बनाए । तर अरु खेलाडीले भने दोहोरो अंक जोड्न सकेन । बलिङमा रविन्द्र जडेजाले चार तथा रविचन्द्रन आश्विनले तीन विकेट लिए । 

चौंथो दिन भारतको इनिङलाई समाल्नदा ऋदिमान साहको भुमिका महत्वपुर्ण रह्यो। विकेट किपर ब्याट्सम्यान साहले ११५ बलमा अर्धशतक पुरा गरे। उनले १२६ बलमा ६१ रन बनाए। आठौं विकेटका लागि अक्षर पटेल सँग उनले ६७ रनको साझेदारी गरेका थिए। अक्षर पटेलले ६७ बलमा २८ रनको इनिङ खेलेका थिए।

त्यसोत पहिलो इनिङमा शतक प्रहार गर्ने श्रेयस अय्यरले पनि दोस्रो इनिङमा राम्रो प्रदर्शन गरे। अय्यरले १०९ बलमा अर्धशतक पुरा गरे। अय्यरले ६५ रनको योगदान दिए। अय्यर डेब्यु टेस्टको दुबै इनिङमा ५० प्लस स्कोर गर्ने पहिलो भारतिय समेत बने।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey