एचआईडी फूटबल मैदानको विकासमा सरकारको ध्यान पुग्न सकेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 666 पटक हेरिएको

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा  रहेको  एचआईडी फूटबल मैदान (हनुमान गेट) को विकासको लागि कुनैपनि सरकारको ध्यान पुग्न सकेको छैन ।

कुनै समय विभिन्न खेलकुदका कार्यक्रमहरु हुने र दर्शकले भरिभराउ हुने यस एचआईडी फूटबल मैदान अहिले जिर्ण अवस्थामा रहेको छ । एचआईडि  फूटबल मैदानमा  बिगत लामो  समयदेखि कुनैपनि राष्ट्रिय खेलकुदको आयोजना  हुन सकेको  छैन  ।

एचआईडी  फूटबल मैदानमा  हालसम्म तिन राष्ट्रिय खेलहरु सञ्चालन भएको छैन । २०७४ सालमा युनाइटेड नाइन फुटबल क्लबको  आयोजनामा अन्डर-२३ फुटबल प्रतियोगिता  समपन्न भएपछि त्यसयता कुनैपनि प्रतियोगिता आयोजना  भएको छैन । जिल्ला लिग र  बिधालय स्तरीय फूटबल प्रतियोगिता एकपटक आयोजना भएका छैन ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र पर्ने एचआईडि फूटबल मैदानको विकासमा हेटौंडा औद्योगिक क्षेत्रले बिगत लामो समयदेखि रोक लगाएको नेपाली राष्ट्रिय खेलाडि प्रदिप महर्जनले आरोप लगाए ।  

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले अब चाँडै नै एचआईडी फूटबल मैदानको विकासमा स्थानीय क्लबहरु एकजुट भएर पूर्वाधार विकासमा  लागिपर्ने बताए । साथै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८  र ९ को सहकार्य भए  पूर्वाधार विकासमा लाग्न सहयोग हुने स्पष्ट पारे।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey