अपराजित प्रदेश एकले लुम्बिनीलाई मात्र एक सय सात रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 502 पटक हेरिएको

हाइलाइट्स

  • प्रदेश एक ३७ ओभर दुई बलमा एक सय ६ रनमा अलआउट भयो ।

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई मात्र एक सय सात रनको लक्ष्य दिएको छ । 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एक ३७ ओभर दुई बलमा एक सय ६ रनमा अलआउट भयो ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा गौरव कटवालले सर्वाधिक १९ रन बनाए भने दिपक जोशीले १८ र राकेश शाहले १३ रनको योगदान गरे । 

खराव सुरुवात गरेको प्रदेश एकले सात रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर २० रन हुँदा तीन विकेट झरेको थियो । प्रदेश एकका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन । एकपछि अर्को विकेट गुमाएको प्रदेश एकको पारी मात्र एक सय ६ रनमा समेटियो । 

उसका सोनु अन्सारी चार रनमा आउट भए भने कप्तान अंकित सुवेदीले खाता खोल्न सकेनन् । यस्तै लभ कामत आठ रनमा आउट हुँदा विवेक महेताले सात रन बनाए ।

यस्तै दिपेश कँडेलले ६ रनको योगदान गरे भने सोनु मण्डल मात्र दुई रनमा आउट भए । प्रदेश एकका खेलाडीले बनाएको ब्यक्तितग स्कोर भन्दा धेरै उसले अतिरिक्त रन पाएको थियो । जसमा उसले २१ रन अतिरीक्त पाएको थियो । 

बलिङमा लुम्बिनीका मोहम्मद हुसेनले पाँच विकेट लिए भने वासिर अहमेदले तीन तथा दुर्गेश गुप्ताले दुई विकेट लिए । आजको खेलमा प्रदेश एक विजयी भएको खण्डमा फाइनलको यात्रा निकै बलियो बनाउने छ । लुम्बिनी विजयी भएमा पनि उसको पनि फाइनल पुग्ने संभावना निकै बलियो हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey