टी-२० बिश्वकपकाे एशिया छनाेटबाट बाहिरीएकाे नेपाली महिला टिम आज स्वदेश फर्किदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 366 पटक हेरिएको

हाइलाइट्स

  • प्रतियोगितामा पाँच खेलमा दुई खेलमा पराजित भएको नेपाली टिम साँझ सात बजे आइपुग्नेछ । 

आइसीसी टी २० महिला विश्वकपको एशिया छनोटबाट नै बाहिरीएको नेपाली महिला टिम आज स्वदेश फर्किदैछ । प्रतियोगितामा पाँच खेलमा दुई खेलमा पराजित भएको नेपाली टिम साँझ सात बजे आइपुग्नेछ । 

पहिलो पटक टी २० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यका साथ दुबई पुगेको नेपाली महिला टिम पहिलो खेलमा नै हङकङसँग ६ विकेटले पराजित भएको थियो । त्यसपछि लगातार तीन खेल जितेपनि अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । जसका कारण महिला टिमको १५ बर्षको सपना यो पटक पनि अधुरो बन्न पुग्यो । 

एशिया छनोट खेल्न जान अगाडी महिला टिमले कतारमा तीन वटा टी २० अन्तराष्ट्रिय सिरिजपनि खेलेको थियो । तर पनि मुख्य प्रतियोगितामा भने नेपाली महिला टिम आफ्नो लेभलको विपक्षीसँग कमजोर नै देखियो । 

अब नेपाली महिला टिमले ग्लोबल छनोटमा स्थान बनाउने झिना आशा बरियताका आधारमा रहेको छ । महिला टिमले कतारमा सिरिज खेलेकाले बरियता बढ्ने संभावना छ । यदि त्यो भएको खण्डमा नेपाली महिला टिमलाई राम्रो उपहार हुने देखिएको छ । 

ग्लोबल क्वालिफायरका लागि क्षेत्रीय छनोट अन्तर्गत पुर्वी एसीया प्यासिफिक छनोट रद्ध भएको छ । यस्तोमा वरीयतामा माथी रहने २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना छ । महिला टोली विश्व वरीयताको १६ औं स्थानमा छ ।

नेपालभन्दा माथी रहेका थाइल्याण्ड, जिम्बावे, आयरल्याण्ड र स्कटल्याण्ड छनोट भईसकेकाले त्यसपछिका वरीयताबाट २ टोली ग्लोबल क्वालिफायर पुग्नेछन् । यस्तोमा पपुवा न्युगिनि, सामोआ र नेपालमध्ये २ टोलीको संभावना बलियो रहनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey