यस्ता छन् सदस्य सचिवका १८ दाबेदार, कसकाे संभावना कति ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-११
  • |
  • 809 पटक हेरिएको

सरकारको गत १ कार्तिकमा बसेको मन्त्रिपरिषद बैठकबाट तत्कालिन सदस्यसचिव रमेश सिलवाललाई वर्खास्त गरेको लामो समय पछि नयाँ सदस्यसचिवको दौड तिब्र बनेको छ।

नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया मन्त्रालयमा सचिव नहुँदा करिब एक महिना बढी समय सुरू हुन सकेको थिएन। तर दामोदर रेग्मी सचिव भएर आएसँगै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिको प्रकृया सुरु गरेको थियो।

मन्त्रालयले नयाँ सदस्यसचिवको प्रक्रिया सुरु गरेसँगै उक्त पद प्राप्तिका लागि १८ जनाले आवेदन दिएका छन्। खेलकुद मन्त्रालयले ४ मंसिरमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम ७ दिन भित्र योग्यता पुगेका उम्मेद्वारलाई सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरेको थियो।

जसअनुसार अन्तिम मितिका रुपमा १० मंसिर सम्ममा १८ जनाले आवेदन दिएका हुन्। सिलवालको बर्खास्तीसँगै मन्त्रालयले सह-सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरीबहादुर श्रेष्ठ समिलित तीन सदस्सिय सदस्य सचिव सिफारिस समिति गठन गरिएको थियो।

जसअनुसार १० मंसिरसम्ममा आवेदन दिएका १८ जना दाबेदारले अब सिफारिस समिति समक्ष आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन्।

को को छन् १८ जना आवेदक

सदस्यसचिवका लागि आवेदन दिने १८ जनामा अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरूङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, दीपक विष्ट, भरत चालिसे, छुम्बी लामा र सुनिल नकर्मी रहेका छन्।

कसकाे संभावना कति ?

राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव राजनितिक नियुक्तिको पद भएकाले स्वभाविक रुपमा राजनितिक नियुक्ती हुने छ। यस्तोमा गठबन्धन सरकारको खेलकुद मन्त्रालय माओबादी केन्द्र सँग रहेकाले सोहि दल निकट उम्मेद्वारनै सदस्यसचिवमा प्रवल दाबेदार हुने छन्।

यस्तोमा माओवादी शसस्त्र कालदेखी नै पार्टिमा काम गर्दै आएका टंक लाल घिसिङलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ। माओवादी केन्द्रको बागमती प्रदेश कमिटिका सदस्य रहेका घिसिङ रग्बी संघको अध्यक्षका रुपमा रहेका छन्। उनी एसियन रग्बी महासंघको कार्यसमितिमा निर्वाचित भएकाले पनि उनी खेलकुद बुझेका ब्यक्तिका रुपमा समेत परिचित छन्।

त्यस्तै उनले हितबहादर तामाङ मन्त्री हुँदा स्वकिय सचिवको रुपमा काम गरेकाले उनी ब्यबस्थापकिय क्षमतामा पनि अब्बल भएको दाबि एकथरिले गर्ने गरेका छन्। मुख्य रुपमा उनी प्रचण्डका परिचित र नजिकका पात्र भएकाले छनोट हुने संभावना बलियो छ।

त्यस्तै भरत महर्जन, लेख चौंलगाई र राजकुमार कार्की पनि माओवादि निकट छन्। उनीहरुले पनि सक्दो लविङ गरिरहेका छन्। जसले गर्दा घिसिङ पछिको दाबेदारीमा उनीहरुको नाम मुख्य रुपमा आउने गरेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey