राखेप सदस्यसचिवका लागि १८ जनाको आवेदन, भरत महर्जनको चर्चा धेरै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१०
  • |
  • 952 पटक हेरिएको

हाइलाइट्स

  • आवेदन दिनेहरुमा प्रायः सबै खेलकुदमा संलग्न रहेका ब्यक्तिहरु नै छन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार परिवर्तन भएको केहि समयपछि नै खेलकुद क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ । यो परिवर्तन मैदान भित्र भन्दापनि मैदान बाहिर धेरै भएको छ । युवा तथा खेलकुद मन्त्री परिवर्तनसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवपछि हटेका छन । तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरिएपछि त्यो पोष्ट अहिले रिक्त रहेको छ । यसमा हाल कामचलाउका रुपमा मन्त्रालयले नै सहसचिव विष्णुराज ढकाललाई पठाएको छ । तर खेलकुद मन्त्रालयको सचिवमा दामोदर रेग्मी आएपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि खुल्ला आवेदन गरेको हो । शुक्रबार अन्तिम मिती रहेकाले कुल १८ जनाले यसमा आवेदन दिएका छन । 

आवेदन दिनेहरुमा प्रायः सबै खेलकुदमा संलग्न रहेका ब्यक्तिहरु नै छन । युवा तथा खेकलुद मन्त्रालयले आवेदन दिनेको नाम सार्वजनिक नगरेपनि स्रोतका अनुसार भरत महर्जन, टंकलाल घिसिङ, राजकुमार कार्की, रविराज कर्णिकार, जगतमान श्रेष्ठ, छुम्बी लमा, भरत महर्जन, दिपक बिष्ट, आरके बिष्ट, ममता श्रेष्ठ, धुब्रविक्रम मल्ल अच्युतम लामिछाने, देव चौलागाईको नाम रहेको बताएको छ । त्यसमा पनि भरत महर्जन, टंकलाल घिसिङ, भरत महर्जन र राजकुमार कार्कीको चर्चा बढि छ । त्यसमा पनि भरत महर्जनलाई सदस्यसचिव बनाउने संभावना बढि देखिएको छ । 

यो पटक राखेपको सदस्यसचिवमा माओवादीबाट पठाउने चर्चा पनि भइरहेको छ । यदि त्यसो भएको खण्डमा भरत महर्जनको नाम अगाडी देखिएको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालको निकै निकट रहेको बताइएको छ । जसका कारण उनको नाम अग्रस्थानमा रहेको स्रोतको भनाई छ । 

राखेपको सदस्य सचिवका लागि तीन दशक खेलकुदमा विताएका दिपक बिष्ट देखि खेलकुदका विभिन्न संघमा कार्यरत रहेका ब्यक्तिले पनि आवेदन दिएका छन । आवेदन दिने सबैले आइतबार आफ्नो कार्यपत्रलाई प्रस्तुत गर्नुपर्नेछ । जसका लागि विहान १० बजेदेखि दिउसो दुई बजेसम्मको समय राखिएको छ । 

सिलवाल बर्खास्तीमा परेसँगै अबको सदस्य सचिव को हुन्छ भन्ने चर्चा कायमै रहेको छ । यस्तैमा १८ जनाले आवेदन दिएपछि अब कस्तो ब्यक्ति सदस्य सचिवका रुपमा आउने हो भन्ने अर्को कौतुहल बढेको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का अनुसार सदस्य सचिवका छनोट खुल्ला रुपमा हुने बताइएको छ । यसका लागि मापदण्ड बनाएपनि अन्तिममा पार्टिकै पावर लाग्ने प्रष्ट देखिएको छ । ऐनका आधारमा सदस्य सचिवका लागि मुख्य गरि पाँच वटा बुधाँ राखिएको छ । जसमा स्नातक उतिर्ण, ३० बर्ष उमेर पुगेको, खेलकुद क्षेत्रमा ५ बर्ष काम गरेको, कानुनु कुनै पोष्टमा बस्न अयोग्य नभएको  र नेपाली नागरिक हुनुपर्ने जस्ता छन । 

खेलकुद मन्त्रालयले सदस्य सचिव चयनका लागि मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्सिय समिती बनाएको छ । जसमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ छन । अब यो समितीले अन्तिम चरणमा तीन जनाको नाम पठाउने छ । जसमा एक महिला हुनेछन । यो आधारमा हाल आवेदन दिएकी एकमात्र महिला ममता श्रेष्ठ महिला कोटामा अन्तिम चरणमा पुग्ने पक्का जस्तै छ । 

यता सदस्य सचिवका लागि आवेदनको मिती तोकेर नयाँ प्रक्रियामा अगाडी बढिसकेको अवस्थामा पूर्व सदस्य सचिव रमेश सिलवालले भने सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन । यदि अदालतले उनलाई अन्तरीम आदेश दिएको खण्डमा के हुन्छ भन्ने प्रश्न कायमै छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey