छुम्बी लामाले पनि दिए राखेपकाे सदस्य सचिवका लागि आवेदन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१०
  • |
  • 1109 पटक हेरिएको

हाइलाइट्स

  • नेपाल क्रिकेट संघ क्यानको चिफ अपरेटिङ अपरेटर भएर काम गरेका लामा पछिल्लो पटक क्वेन्ट इभेन्ट्सका डाइरेक्टरका रुपमा पनि सक्रिय छन ।

नेपाली क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि आवेदन दिएका छन ।

उनले माओवादी निकट भएर सदस्यसचिवका लागि आफ्नो दावेदारीता दिएका हुन । 

नेपाल क्रिकेट संघ क्यानको चिफ अपरेटिङ अपरेटर भएर काम गरेका लामा पछिल्लो पटक क्वेन्ट इभेन्ट्सका डाइरेक्टरका रुपमा पनि सक्रिय छन भने क्यानमा राखेपका तर्फबाट सदस्यका रुपमा रहेका छन । 

मन्त्रालयले तोकेको मितीको अन्तिम दिन लामाले सदस्यसचिवका लागि आवेदन दिएका हुन । उनको नाम १७ नम्वरमा दर्ता भएको हो ।

क्रिकेटमा सक्रिय रहेका लामाको आवेदनसँगै अरु खेलकुदमा संलग्न १८ जनालेपनि आवेदन दिएका छन । 

लामा पोखरामा आयोजना भएको पोखरा प्रिमियर लिग, वमन्स क्रिकेट लिग आयोजना गर्न सक्रिय भुमीका खेलेका थिए ।

उनले पार्टीमा माहोल मिलाउन खोजिरहेको बताएका छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal