राखेपकाे नयाँ बाेर्ड सदस्यमा ८ जना नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१०
  • |
  • 607 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्काे बोर्ड सदस्यमा ८ जना नयाँ ब्यक्ति चयन भएकाे छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपमा नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेका हुन । 

सदस्यमा नियुक्त हुने ८ जनामा  प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ,लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, मोहमद फाजिल, अन्जन धमला र श्रीमान थापा मगर छन् ।

नयाँ सदस्यहरु खेलकुदमा स‌म्लग्न रहेका ब्यक्तिहरु नै रहेका छन । नयाँ जिम्मेवारी पाएका सबैले सपथ लिएका छन । यसअघि राखेपकाे सदस्यमा नियुक्त भएका ९ जनालाई मन्त्रालयले हटाएकाे थियाे । जसका कारण मन्त्रालयले खाली रहेकाे बाेर्ड सदस्यमा नयाँ ब्यक्ति चयन गरेको हाे । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey