केल्मी नेपाल र आर्मीविच चार बर्षको सम्झौता नविकरण, भलिबल टिमलाई पनि प्रायोजन गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 2440 पटक हेरिएको

खेलकुद सामाग्री उत्पादन कम्पनी केल्मी नेपालले विभागिए टिम त्रिभुवन आर्मी क्लवसँगको सम्झौता चार बर्षका लागि नविकरण गरेको छ ।

यसअघि फुटबलमा मात्र प्रायोजक गर्दै आएको केल्मीले अब आर्मीको भलिबल टिमलाई पनि खेलकुद सामाग्री उपलब्ध गराउने भएको छ । 

केल्मीले दुई बर्षदेखि आर्मीको महिला, पुरुष, ए र बी टिमलाई खेलकुद सामाग्री उपलब्ध गराउँदै आएको केल्मीले अब भलिबल टिमलाई पनि प्रायोजन गर्ने भएको छ ।

केल्मी र आर्मीविच आज सम्झौता नविकरणमा हस्ताक्षर भएको हो । जसमा आर्मीका तर्फबाट कर्नेल मुनाल बस्नेत र लेफ्टिनेन्ट कर्नेल उज्वल केसीको उपस्थिती रहेको थियो भने केल्मि नेपालका तर्फबाट डाइरेक्टर प्रदिन न्योपाने र प्रबन्ध निर्देशक उत्तम न्योपानेको उपस्थिती रहेको थियो । 

अब चार बर्षसम्म केल्मी नेपालले आर्मीलाई खेलकुद सामाग्रि उपलब्ध गराउने भएको छ । सम्झौताको रकम भने खुलाइएको छैन ।

पछिल्लो पटक नेपाली खेलकुदमा राम्रो मार्केट लिइरहेको केल्मीले विभिन्न टिमलाई प्रायोजन गर्दै आएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey