Mega Bank

सुदुरपश्चिम माथि प्रदेश दुईको रोमाञ्चक जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 139 पटक हेरिएको

काठमाडौंमा जारी यु-१९ एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र प्रदेश दुई बिच भएको हाइस्कोरिङ खेलमा प्रदेश दुईले बाजि मारेको छ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा सुदुरपश्चिम अर्जुन साउदको शतकका बाबजुत पराजित भयो। सदुरपश्चिममाथि २ विकेटको रोमाञ्चक जित निकाल्दा आठौं नम्बरमा ब्याटिङका लागि आएका अदिल अन्सारी प्रदेश दुईका लागि नायक सावित भए। 

टस हारेर पहिलो ब्याटिङ गरेको सुदुरपश्चिमले ४१.४ ओभरमा अलआउट हुँदै २९० रन बनायएको थियो। जवाफमा उक्त लक्ष्य प्रदेश दुईले ५ बल अगावै ८ विकेट गुमाएर पुरा गर्यो । २९१ रनको विशाल स्कोर पछ्याउने क्रममा प्रदेश दुईले पनि संयमित ब्याटिङ गर्यो ।

ओपनर सन्तोष कार्की र रोहन विकेले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे। कार्की २१ रनमा आउट हुँदा विकले २३ रन जोडे। त्यस्तै अशिस झाले १६ रन बनाए। उसका अमित यादव अर्धशतक बनाउन १ रनले चुके उनले ४९ रन बनाउँदै टीमलाई खेलमा फर्काएका थिए। त्यस्तै गुल्सन झाले ४६ रन बनाए। झाले अमित यादाव सँग छैटौं विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए।

प्रदेश दुईका लागि उत्कृष्ट प्रदर्शन भने आठौं नम्बरमा ब्याटिङका लागि आएका अदिल अन्सारीको रह्यो। उनले ४३ बलमा अविजित ८७ रनको योगदान दिए। १२ चौका र १ छक्का प्रहार गरेका उनले नवौं विकेटका लागि प्रदिप पास्वानसँग ७८ रनको साझेदारी गरेका थिए। नवौं नम्बरमा ब्याटिङ गरेका प्रदिप पासवान १८ रनमा अविजित रहे।

त्यसअघि पहिलो ब्याटिङ गरेको सुदुरपश्चिमले अर्जुन साउदले सानदार शतकीय इनिङमा उच्च स्कोर बनायो। तर शतकका बाबजुत जित निकाल्न भने सुदुरपश्चिम असफल भयो। त्यस्तै लोकेश बमले ८१ रन बनाए। साउद र बम बिच चौंथो विकेटका लागि १४२ रनको साझेदारी भयो।

साउदले ८५ बलमा १४ चौका र ५ छक्काको सहयोगमा ११६ रन बनाउँदा बमले ७३ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए। थप दोहोरो स्कोरका रुपमा नरेश भट्टले ३० रन बनाउँदा बसन्त कार्कीले २७ रन र कप्तान गजेन्द्र बोहराले १६ रन जोडेका थिए।

प्रदेश नम्बर दुईका प्रदिप पासवानले ३ विकेट लिंदा विवेक यादव र अजय यादवका नाममा समान २-२ विकेट रह्यो। त्यस्तै अदिल अन्सारी र ट्रिट राज दासले १-१ विकेट लिए।

भर्खरै

Advertisement