Mega Bank

प्रदेश एकको कर्णालीमाथि ७६ रनको जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 414 पटक हेरिएको

काठमाडौंमा जारी यु-१९ क्रिकेट प्रतियोगितामा प्रदेश एकले कर्णालि प्रदेशमाथि ७६ रनको जित निकालेको छ। कर्णालीले भने प्रतियोगितामा पहिलो हार भोग्यो।

मुलपानि मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाएर २३९ रन बनाएको थियो।

२४० रनको लक्ष्य पछ्याएको कर्णालि १६३ रनमा अल आउट भएपछि प्रदेश एकले सहज जित हासिल गर्यो।

भर्खरै

Advertisement