स्पष्टिकरण सोधिएका खेलाडीको क्यानलाई ज्ञापनपत्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 911 पटक हेरिएको

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट खेलाडीबिचको विवाद चर्कने संकेत देखिएको छ।

केहि समय अघि क्यानले गरेको 'सेन्ट्रल कन्ट्रयाक' मा खेलाडीहरुले असन्तुष्टी जनाउँदै हस्ताक्षर नगरेपछि क्यानले खेलाडीलाई स्पष्टिकरण सोधेको थियो।

त्यसयता क्यानको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ भने खेलाडीको बचाउमा समर्थकहरले सामाजिक सञ्जाल रंगाइरहेका छन्। यसबिचमा खेलाडीले क्यानलाई पठाएको जवाफसँगै उनीहरुले उल्टो प्रश्न क्यानलाई सोधेको क्यान स्रोतले बताएको छ।

स्रोतका अनुसार खेलाडीले स्पष्टिकरणसँगै उनीहरुले क्यान माथि विभिन्न आरोप सहित प्रश्न सोधेका छन्। जसले गर्दा अब खेलाडी र क्यान बिचको विवाद फेरि उत्कर्षमा पुग्ने संकेत गरेको छ।

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो।

खेलाडीको पत्र पछि क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल सहित कोषाध्यक्ष रोशनकुमार सिंह र महाप्रबन्धक रौनक मल्ल लगायतको बैठक अहिले मुलपानिमा बसिरहेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal