कुवेतमाथि नेपालको ९ विकेटको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 993 पटक हेरिएको

आइसीसी महिला ट्वान्टी-२० विश्वकप अन्तर्गत एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुवेतमाथि ९ विकेटको जित रचेको छ।

दुवइस्थित आइसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले। १ विकेट गुमाएर ३.३ ओभरमै भेट्टायो ।

सीता रानामगर शून्यमै आउट भए पनि अर्की ओपनर तथा कप्तान रुविना क्षेत्री र इन्दू बर्माले खेल जिताए । रुविनाले १० बलमा १२ तथा इन्दूले ८ बलमा १३ रन जोडे ।

जितपछि नेपालले ३ खेलबाट ४ अंक बनाएको छ । यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले हारेको नेपालले भुटानलाई ८ विकेटले हराएको थियो । लगातार तेस्रो हारपछि कुवेत भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको भने ग्लोवल क्वालिफायरमा पुग्ने सम्भावना जीवितै छ । नेपालले आफ्नो चौथो खेलमा मलेसिया र पाँचौं खेलमा घरेलु टोली यूएईलाई हराउन सकेमा एतिहासिक रुपमा विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey