Mega Bank

डर्टमुन्डको अप्रत्यासित हार आयक्स अपराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 111 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार रातिनै भएको समुह 'सि' को आफनो खेलमा डच क्लब आयक्सले टर्किस क्लब बेसिक्टासमाथि २-१ को जित निकाल्दै समुह सिको विजेता बन्दै नकआउट चरणमा स्थान बनायो। समुह सिकै अर्को खेलमा भने जर्मन जाइन्ट बौरिसया डर्टमुन्ड भने पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

समुहचरणमा रवाफिलो प्रदर्शन गर्दै आएको आयक्सले लगातार जितको श्रृंखलालाई कायम राख्ने क्रममा पुनरागमन जित निकालेको थियो। बेसिक्टासले पेनल्टी मार्फत २२ औ मिनेटमा अग्रता लिएको थियो। घेजलले टर्किस क्लबलाई अग्रता दिलाएपनि जोगाउन भने सकेन। दोस्रो हाफमा आयक्सले सानदार पुनरागमन गर्योन। आयक्सका लागि दुबै गोल सेबस्टियन हेलरले गरेका थिए। उनले ५४ र ६९ औ मिनेटमा गोल गरेका थिए।

स्पोर्टिङ भने १० खेलाडीमा सिमित भएको डर्टमुन्डमाथि हावि हुँदै नकआउटमा प्रवेश गर्न सफल रह्यो। उसका लागि  पेरिरा गोनकारभेसले २ गोल गर्दा पोरोले एक गोल गरेका थिए। डर्टमुन्ड भने ७४ औ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। उसले अतिरिक्त समाय मालेनको गोलमार्फत एक गोल फर्काएपनि टीमको हार टार्न भने सकेन।

समुह सि मा आयक्सको १५ अंक भएको छ भने स्पोर्टिङको ९ अंक छ। डर्टमुन्डको ६ अंक छ। त्यस्तै बेसिक्टास भने अंक विहिन रहेको छ।

भर्खरै

Advertisement