Mega Bank

लिभरपुलले पाँचौं जित निकाल्दा एट्लेटीको एसी मिलानसँग पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 92 पटक हेरिएको

लिभरपुलले च्याम्पियन्स लिगको समुहचरणमा आफ्नो शतप्रतिशत जितको रेकर्ड कायमै राखेको छ।

बुधबार राति एनफिल्डमा पोर्टोमाथि २-० को जित निकाल्दै लिभरपुलले ५ खेलमा १५ अंक बनाउँदै शिर्ष स्थान कायम राख्यो। समुहकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने एसि मिलानसँग पराजित हुँदै समुहको अन्तिम स्थानमा पुग्यो।

योर्गेन क्लोपको टोलिले यसअघिनै लगातार चार जितसहित नकआउटमा स्थान बनाइसकेको थियो। उसले पोर्चुगिज क्लबमाथि जित निकाल्दै आफ्नो दबदबा कायम राखेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको थियो। लिभरपुलका लागि स्पेनिस खेलाडी थिएगो अलकान्ट्राले पहिलो गोल गरे। उनले ५२ औ मिनेटमा २५ यार्डबाट गरेको शक्तिसालि प्रहारले जालि चुमेको थियो। दोस्रो गोल मोहमद्ध सलाहको नाममा रह्यो। सलाहले ७० औ मिनेटमा गोल गर्दै टीमको जित निश्चित गरेका थिए।

समुह बि मानै भएको अर्को खेलमा एसि मिलानले एट्लेटिको म्याड्रिड माथि १-० को जित निकाल्यो। मिलानको जितमा जुनियर मेसियसले निर्णायक गोल गरे। उनले निर्धारित समयको ३ मिनेट बाँकी हुँदा टीमको संभावित बराबरी टारेका थिए। 

जितसँगै एसि मिलानको नकआउट संभावना कायम छ। एट्लेटिको विरुद्ध मिलानले खेल आफ्नो पकडमा राखेको थियो। समुहमा लिभरपुल ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा रहँदा पोर्टो पाँच अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै एसि मिलान र एट्लेटिको म्याड्रिडको समान ४-४ अंक छ। अघिल्लो चरणमा पुग्ने बाँकी तीन टीमकै संभावना कायम छ।

भर्खरै

Advertisement