Mega Bank

खेलकुद हस्तीको पार्टी राजनितिमा आफुलाई बलियो देखाउँने अस्त्र

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०८
  • |
  • 198 पटक हेरिएको

खेलकुद संस्था, खेलाडी या पधाधिकारी जोकोहिका लागि खेल भावना भन्दा ठुलो कुरा अन्य हुन सक्दैन। यसको अर्थ खेलकुद राजनितिबाट टाढा रहनु पर्छ। सबै पक्षले खेलकुदको अपनत्व महसुस गर्नु पर्छ। अझ खेल पधाधिकारीत खेल संस्थाका नियामक हस्तीहरु हुन्। उनीहरुलेत झनै अन्तराष्ट्रिय ओलम्पिक कमिटी, फिफा लगायत नियामक निकायको आचारसंहिता झनै नजिकबाट बुझेका हुन्छन्। त्यसभन्दा दायाँ बाँया गर्नु हुन्न। तर उनीहरु ब्यक्तिगत रुपमा आफुहरु स्वतन्त्र रहेको दलिल पेस गर्दै पार्टी राजनितिमा होमिने गरेका छन्। 

तर नेपालमा जो जुनसुकै पदमा भएपनि पार्टी राजनिति आफ्नो विरासत टिकाउन र आफुलाई बलियो देखाउने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन्। शिर्ष नेताको नजिक भएमा खेलकुदमा संधै आफ्नो दबदबा रहने गरेको अनुभव उनीहरुसँग छ। त्यसैलेत पार्टी राजनितिमा विश्वमा प्रतिष्ठित मानिने फुटबल देखी क्रिकेट सम्मका संघका अध्यक्षहरु आफै मैदानमा उत्रिए।

खेल संस्था भित्रका पधाधिकारीहरु मैदानमा उत्रंदा त्यति चासो हुन्न जति चासो अध्यक्षहरुनै मैदानमा उत्रंदा हुन्छ। यहाँ यस्तै भयो अर्थात देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षनै मैदानमा उत्रिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको बैतडी जिल्ला सभापतिमा फराकिलो अन्तरले विजयी हुँदा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भने काठमाडौं क्षेत्र नं ४ को महाधिवेशन प्रतिनिधिमा पराजित भए। राजनितिक विरासतमा यो हार र जितको अर्थ होला तर नेपाली खेलकुदमा भने पार्टी राजनिति संधै अभिसाप बन्दै आएको छ। जसले संधै खेलकुदमा अस्थिरता र अराजक्ताकै पक्षपोषण भएको छ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। उनी राजनितिबाटै राखेप छिरेका थिए। कांग्रेसको १४ औं केन्द्रिय महाधिवेशनका लागि अहिले गाउँ देखि केन्द्र स्तरसम्म विभिन्नन कमिटीसँगै प्रतिनिधि चयनको काम भइरहेको छ।

एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ झापाबाट र एन्फाका महासचिव इन्द्रमान तुलाधर काठमाडौं क्षेत्र नं ९ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिन सफल भए। पंकज र तुलाधर दुबै आगामी एन्फा निर्वाचनमा अध्यक्षको प्रत्यासिको रुपमा हेरिएको छ त्यसैले उनीहरु आफ्नो पार्टी राजनितीमा अब्बल रहेको सन्देश दिन चाहन्छन।

झापा क्षेत्र नं १ बाट निर्वाचित नेम्बाङ ३ सय ६४ मत प्राप्त गर्दै प्रतिनिधि चुनिन्दा उनी लोकप्रिय भोट ल्याउने मध्येमा परे। त्यस्तै एन्फा तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य दीर्घबहादुर केसी (कुमार) ले रुपन्देही ३ बाट महाधिवेशन प्रतिनिधिमा आफुलाई विजयी गराउन सफल भए। त्यस्तै सुनसनरीबाट एन्फा केन्द्रीय सदस्य दीपक राई निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए। त्यस्तै धेरै टिकट लिएका खेलकुद पधाधिकारीहरु पराजित भए।

त्यस्तै अर्को प्रमुख दल नेकपा एमालेको १० देखी १२ मंसिरमा हुने महाधिवेशनका लागि नेपाल खेलकुद महासंघले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, महासंघका अध्यक्ष रमेश पौडेल, महासचिव मेघराज पौडेल, शान्तामाया परियार र सन्जु महर्जनलाई सर्वसम्मत प्रतिनिधका रुपमा चयन गर्योु। उनीहरु सबैको लक्ष्य पार्टी राजनितिको रवाफ खेलकुदमा देखाउँनुनै हुने छ।

भर्खरै

Advertisement