२१ लाख ५० हजार लागतमा टेबल टेनिस प्रतियोगिता हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०८
  • |
  • 881 पटक हेरिएको

ललितपुर टेबल टेनिस क्लबले 'चौंथो सम्झना कप' टेबुल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता टेबल टेनिस संघको सहयोगमा सञ्चालन हुने छ।

१२ देखी १५ माघसम्म लैनचौर स्थित राष्ट्रिय टबेल टेनिस प्रशिक्षणमा हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएई, कोरिया लगायत देशका १ हजार बढी खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगिता सरकारले तय गरेको कोभिड प्रोटकल अनुसार आयोजना गरिने छ।

प्रतियोगिता विभिन्नन ७ विधामा हुने पनि आयोजकले जनाएको छ। जसमा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान्स सिंगल्स (४० वर्ष र ५५ वर्षमाथि) वुमेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि) विधामा हुने छ। प्रतियोगिता नेपाल टेवल टेनिस इतिहासकै सर्वाधिक पुरस्कार राशी भएको दावी गरिएको छ।

प्रतियोगिताको कुल बजेट २१ लाख ५० हजार रहेको छ। जसमा मेन्स र वुमेन्स टिम स्पर्धामा प्रथम र द्धितीय र तृतीय (दुबै सेमिफाइनलिस्टलाई क्रमश रु ५० हजार, २५ हजार र १० हजार नगद दिइने छ। भेट्रान्स सिंगल्स तर्फ विजेता र सेमिफाइनलिस्टलाई क्रमश १० र ५ हजार दिइने छ भने तेस्रोलाई २५ सय प्रदान गरिने छ।

सम्झना ल्याब मुख्य प्रायोजक प्रतियोगितालाई सम्झना ल्याबले १० लाख ७५ हजार सहयोग गर्दै मुख्य प्रायोजकका रुपमा रहने छ। सम्झौता पत्रमा ललितपुर टीटीका अध्यक्ष उदीप जोशी र सम्झना ल्याबका तर्फबाट रञ्जना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey