पुर्व राखेप उपाध्यक्ष टेण्डी शेर्पाको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०८
  • |
  • 1843 पटक हेरिएको

लामो समय देखि अस्वस्थ रहँदै आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष तथा बाँस्केटबल संघका पुर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षिय शेर्पाको बुधबार बिहान निधन भएको हो। पछिल्लो केहि दिनयता उनको स्वास्थ्य अवस्था थप खराव रहेको थियो। उनको विशालनगरस्थित ओरिगन केयर होममा उपचार भइरहेको थियो।

नशा सम्बन्धी गम्भिर रोग देखिएपछि उनलाई अमेरिका, भारत र चीन लगायत देशमा उपचारका लागि पुर्याेइएपनि स्वास्थ्यमा सुधार नआएपछि नेपालमानै राखेर उपचार भइरहेको थियो। बौद्धस्थित शेर्पा गुम्बामा उनको अन्तिम संस्कार हुने बताइएको छ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए।

अहिले भने उनी नेकपा एसको समर्थकका रुपमा रहेका थिए। टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी रहेका छन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey