नेपाल क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी सभापतिमा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०८
  • |
  • 1229 पटक हेरिएको

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतूरबहादुर चन्द नेपाली कांग्रेस बैतडी जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनी संस्थापन इतर समूहका हुन् ।

हिजो भएको निर्वाचनमा उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाए ।

नेपाल क्रिकेट संघलाई अनिर्णयको बन्दी बनाएर नेपाली क्रिकेटलाई असफल बनाउन लागिपरेको भन्दै समर्थकहरुबाट सामाजिक सन्जालमा आलोचनाको शिकार भइरहेका चन्दले ठूलो राजनीतिक फड्को मारेका हुन् ।

उपसभापतिबाहेक पदाधिकारीका अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा जितेका वीरबहादुर विष्टले ६५८ मत प्राप्त गरे ।

अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरे । सचिवमा प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् ।

सहसचिवमा दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । बैतडीमा १४०९ मत रहेकोमा १३४८ मत खसेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal