भेटेनरी एशोसिएसनले पुस ३ मा 'रन फर प्रोटिन' हाफ म्याराथन गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०५
  • |
  • 1068 पटक हेरिएको

प्रोटिनबारे जन चेतना जगाउने उद्देश्यले हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । नेपाल भेटेनरी एशोसिएसनले आम मानिसहरुलाई प्राटिनयुक्त खानाको महत्व बुझाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको छ ।

जसको नाम ‘रन फर प्रोटिन’ राखिएको छ । पुस ३ गते शनिबार दशरथ रंगशालाबाट हुरुहुने हाफ म्याराथन काठमाडौंका विभिन्न ठाउँबाट सोही ठाउँमा पुगेर समापन हुने छ । कार्यक्रममा विभिन्न विधाका गरि २ हजार जनाको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भेटेनरी एशोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, पुरुष १०, किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला र फरक ामता भएकाहरुका लागि ह्वीलचेयर दौड पनि इभेन्टमा समावेश गरिएको छ ।

हाफ म्याराथनको उपाधि जित्नेले १ लाख रुपैयाँ रहेको छ भने पाँच औं स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगयातका संस्थाहरुको साथ सहयोग रहेको पनि अध्यक्ष श्रेष्ठले  बताए । यो प्रतियोगितालाई नेपाल एथ्लेटिक्स एशोसिएसनले मान्यता दिएको र त्यसमा प्राविधिक सहयोग रहने छ ।
रन फर प्रोटिनमा दौड्नका लागि ई सेवा र फोन पेबाट २ सय रुपैयाँ तिरेर आफ्ना नाम रजिष्ट्रेशन गर्न सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

महिला तथा पुरुषको हाफ म्याराथनको विजेताले एक लाख रुपैयाँ पाउनेछन भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ । यस्तै चौथो हुनेले ४० र पाँचौं हुनेले ३० हजार रुपैयाँ पाउनेछन ।

१० किलोमिटर तर्फको विजेताले ५० हजार र उपविजेताले ४० हजार रुपैयाँ पाउनेछन । तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ पाउनेछन । 

पाँच किलोमिटर ह्विलचियर तर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउनेछन । 

तीन किलोमिटरको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey