खेलकुदमन्त्रीले गरे महिला क्रिकेट एकेडेमीको सिलान्यास

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७८-०८-०५
  • |
  • 2122 पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराले कोहलपुर क्रिकेट मैदानमा पूर्वाधार निर्माणका लागि सिलान्यास गरेका छन् ।

वर्तमान सरकारमा युवा तथा खेलकुदमन्त्री नियुक्त भएर कार्यभार सम्हाल्दै कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको महिला क्रिकेट एकेडेमी खोल्ने पहिलो निर्णय गरेका थिए । सोही निर्णय कार्यान्वयन राउने लक्ष्यसहित मन्त्री गहतराजले आइतबार विहान सिलान्यास गरेका हुन् । सो अबसरमा मन्त्री गहतराजलाई कोहलपुर स्पोर्टस एकेडेमीले स्वागत पनि गरेको थियो ।

कार्यक्रममा मन्त्री गहतराजले फ्लर्ड लाइटसहितको मैदान निर्माणका लागि आफ्नो पहल रहेको बताए । बृहत योजना भएकाले एकै वर्षमा निर्माण सम्पन्न नहुने भएकाले ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । 

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले खेलकुद क्षेत्रका पूर्वधार निर्माणबारे मन्त्रीको ध्यानकर्षण गराएका थिए । साथै उनले एन्फा टेक्निकल सेन्टरको विषयमा पनि जानकारी गराएका थिए ।

सो अबसरमा कोहलपुर स्पोर्टस एकेडेमीका पदाधिकारीले अहिलेको अवस्थामा मैदान वरिपरि तारबार गरेर संरक्षण गर्न सकिए  पीच निर्माण लगाएतका काम हुने बताएका थिए ।

अहिले सर्भेको काम भइरहेको र कम्तियमा यो प्रोजेक्ट सम्पन्न गर्नका लागि १ अर्ब २२ करोड बजेट लाग्ने बताइएको छ । झण्डै विघा १९ कठ्ठामा मैदानको क्षेत्रफल रहेको छ । साथै मैदानको पूर्वतिर डुडुवा खोला रहेको र खोलामा तटबन्ध गरेकाले अतिरिक्त जग्गा पनि रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey