Mega Bank

सानु, मन्डे र मुकुन्द्र सम्मानित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०३
  • |
  • 154 पटक हेरिएको

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ ।

ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी छन् ।

पुरुष-महिलामा समान १०–१० गरी २० स्पर्धामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतिस्पर्धा भइरहेको छ ।

भर्खरै

Advertisement