Mega Bank

भलिबल प्रशिक्षक हान अविन नेपाल आए 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०२
  • |
  • 826 पटक हेरिएको

हाइलाइट्स

  • प्रशिक्षकका रुपमा २७ बर्ष लामो अनुभव भएका हानले सात बर्ष डच भलिबलको प्रशिक्षकका रुपमा काम गरेका थिए । 

नेपाली राष्ट्रिय भलिबल टिमका प्रशिक्षक हान अविङ नेपाल आइपुगेका छन् । एफआईभीवीको सहयोगमा उनी नेपाल आएका हुन् ।

डिसेम्बरमा बंगलादेशमा  हुने एभीसी सेन्ट्रल जोनको तयारीमा रहेको नेपाली टिमलाई प्रशिक्षण गराउनका लागि नेपाल आएका हानलाई भलिबल संघकी सदस्य ज्योती केसी, महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलले हानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

No description available.

४० दिनका लागि आएका उनले पहिला आफूले नेपाली टिमको बारेमा बुझ्ने जानकारी दिए । २ वर्ष अघि पनि नेपाली टिमलाई पनि प्रशिक्षण गराएका थिए ।  

नेदरल्याण्ड्सका पूर्व खेलाडी समेत रहेका हानले त्यो बेला तीन महिना नेपाली टिमको प्रशिक्षण गरेका थिए ।

प्रशिक्षकका रुपमा २७ बर्ष लामो अनुभव भएका हानले सात बर्ष डच भलिबलको प्रशिक्षकका रुपमा काम गरेका थिए । 

उनले सन् १९९७ देखि २००४ सम्म नेदरल्याण्ड्स टिमको प्रशिक्षक रहेका थिए ।

त्यसपछि सन् २००४ देखि २००८ सम्म जर्मन महिला भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । उनले २००८ मा जर्मन कपको उपाधि महिला टिमलाई दिएका थिए भने २०७ मा तेस्रो स्थानमा राखेका थिए । 

भर्खरै

Advertisement