सगरमाथामा बक्सिङ प्रतियोगिता गराउने आइबा अध्यक्ष उमरको योजना 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०१
  • |
  • 604 पटक हेरिएको

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ बुधबार काठमाडौं आइ पुगेका छन् । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली काठमाडौं आएको छ ।

अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गरेका थिए । तीन दिनका लागि नेपाल भ्रमणमा आएका उमरले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।

शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेल मार्फत नेपाल विश्वस्तरमा चिनिन थालेको बताइन् । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई दिएकी थिइन् । जवाफमा उमरले नेपालको बक्सिङ खेलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

 यस्तै, बुधबार नै नेपाल बक्सिङ संघले गरेको कार्यक्रममा अध्यक्ष उमरले नेपालमा  अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता आयोजना गराउने बताए ।

होटेल सोल्टीमा भएको कार्यक्रममा उमरले सगरमाथाको आधार शिविरमा प्रतियोगिता आयोजना गराएर गिनिज बुकमा रेकर्ड राख्ने योजना रहेको पनि सुनाएका थिए । नेपालको पूर्वाधार र हावापानी सबैको हिसाबले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि उपयुक्त रहेको र त्यसका लागि आईबा पनि तयार रहेको जानकारी दिए ।

यसैगरी बक्सिङ खेलाडीलाई प्रदान गर्ने पुरस्कार रकममा बृद्धि गराउने विषयमा पनि सकारात्मक भएको जानकारी गराए । यसैगरी आइबाको चुनाव जनवरीमा गर्ने तयारी गरिएको छ । अहिलेको भेटघाटलाई चुनाव लक्षित भेघाटको रुपमा पनि हेरिएको छ । तर उक्त निर्वाचनबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने मान्यता नदिएको बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey