उपमेयर कपमा बिजेता भएका भलिबल खेलाडी सम्मानित

Kelmi

  • |
  • २०७८-०७-२९
  • |
  • 590 पटक हेरिएको

फागुन १९–२२ मा हेटौंडामा भएको उपमेयर कपमा भलिबल प्रतियोगितामा विजेता हुने पुरुष टिम र उपविजेता हुने महिला टिमलाई हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ ।

हटिया स्पोर्टस् एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको अन्तिम दिन वडा कार्यालयले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो ।

उपमेयर कप भलिबल प्रतियोगितामा १७ नम्बर वडाको पुरुष टिम प्रथम भएको थियो भने महिला टिम द्वितीय भएको थियो ।

वडा अध्यक्ष भैरव राई, नगर कार्यपालिका सदस्य शंकर राईले वडाको भलिबल टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ट्र्याक सुटसहित सम्मानपत्र प्रदान गरे ।

खेलाडीलाई प्रेरित गर्नका लागि प्रतियोगिता आयोजना भएको अवसरमा सम्मान गरिएको हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको हटिया स्पोर्टस् एकेडेमीले महिला टिमबीच मैत्रीपूर्ण खेलको समेत आयोजना गरेको थियो ।

प्रतियोगिताको उद्घाटनको अवसरमा हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडाको महिला टिम र १७ नम्बर वडाको महिला टिमबीच मैत्रीपूर्ण खेल भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey