Mega Bank

हटिया स्पाेर्टस एकेडेमीलाई भलिबलकाे उपाधि

Kelme Nepal
  • दीक्षान्स खड्का
  • |
  • २०७८-०७-२८
  • |
  • 166 पटक हेरिएको

हेटौंडा उपमहानगरपालीका वडा नम्बर १७ मा  भएकाे छैटाैं संस्करणकाे स्व. केशवलालस्मृति जिल्लास्तरीय भलिबल प्रतियोगीताकाे उपाधि हटिया स्पाेर्टस एकेडेमीले जितेकाे छ ।

आज भएकाे फाइनल खेलमा हटियाले विनयवावु स्मृतिलाई  २-१ को साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे ।

उपाधि जितेकाे हटियाले  नगद ६० हजारसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता विनयवावु स्मृति नगद ४० हजार शिल , मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

बिजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महत, वडा  नम्बर १७  का वडा अध्यक्ष भौरव बहादुर राई, वडा सदस्यहरु इश्वरी सुनार , टिका प्रसाद तिमलसिना, भीम प्रसाद अधिकारी लगाएतले पुरस्कार वितरण गरेका थिए ।

 

भर्खरै

Advertisement