Mega Bank

विश्वकप छनोटमा फिनल्याण्डको सहज जीत

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०७-२७
  • |
  • 181 पटक हेरिएको

सन् २०२२ को कतार विश्वकप फुटबलका लागि युरोपेली छनोट खेलमा फिनल्याण्ड समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । फिनल्याण्ड पहिलो हाफको ३७ औं मिनेटमा दश खेलाडीमा झरेपनि बोस्नियाविरुद्ध शानदार जितका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

समूह डीमा फिनल्याण्ड ११ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको फ्रान्सको १२ अंक छ । फ्रान्सले आजै काजकिस्तानसँग खेल्दै छ ।


२५ औं मिनेटमा टिमु पुकीले गोल गरेपनि त्यसले मान्यता पाएन । २९ औं मिनेटमा मार्कुस फ्रोसले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाएका थिए ।

३७ औ मिनेटमा जुका रैटाला रातो कार्ड पाउँदै मैदान छाडेपछि फिनल्याण्ड दश खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा १ गोल गरेको फिनल्याण्डले दोस्रो हाफमा २गोल थप्दा १ गोल व्यहोरेको थियो । ५० औं मिनेटमा रोविन लडले गोल गर्दै फिनल्याण्डको अग्रता दोब्बर बनाएका थिए । 

लुका मेनालोले गोल गरेपछि बोस्नियाले अग्रता २–१ मा झारेको थियो । डेनियल ओसाले गोल गरेपछि फिनल्याण्ड सहज जित निकाल्न सफल भयो । पराजित भएको बोस्निया भने तालिकाको चौथो स्थानमा रहेको छ ।

भर्खरै

Advertisement