धनगढीमा हुने एलपीएललाई ओसन पब्लिकेशनको साथ 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-२३
  • |
  • 974 पटक हेरिएको

लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल)मा पब्लिेकशन पार्टनरको रुपमा ओसन पब्लिकेशन जोडिएको छ । विद्यालय तथा शैक्षिक संस्थामा पठनपाठन हुने पाठ्य सामाग्री र पाठ्य पुस्तक प्रकाशन गर्दै आएको काठमाडौंको अनामनगरमा रहेको ओसनले छैटौ संस्करणको एलपीएलमा पब्लिकेशन पार्टनरको रुपमा जोडिएको हो ।

पब्लिकेशनका प्रबन्ध निर्देशक लेखनाथ घिमिरे र लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टका अध्यक्ष रामचन्द्र शाहीबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इभेन्टका अध्यक्ष शाहीले पब्लिकेशन पार्टनरको रुपमा ओसनको आबद्धताले आफूहरुलाई थप हौसला मिलेको बताएका छन् । प्रतियोगितामा देशभरका १० विद्यालय टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।

यस्तै, सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छ । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ भागमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।

प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ । आसन्न प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने शाहीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey