Mega Bank

'टिममा हाफ इन्जिन भएको खेलाडी चाहिँदैन'-अब्दुल्लाह

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०७-१६
  • |
  • 7174 पटक हेरिएको

हाइलाइट्स

  • उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफुले बनाएको योजना अनुसार खेलाडी घाइते भएको खण्डमा आफुलाई दबाव हुने र हाफ इन्जिन खेलाडी खेलाडी आफुलाई नचाहिने बताए । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आसन्न ए डिभिजन लिगमा कुनैपनि खेलाडीले चोट नबोकोस भन्ने चाहेको बताएका छन ।

उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफुले बनाएको योजना अनुसार खेलाडी घाइते भएको खण्डमा आफुलाई दबाव हुने र हाफ इन्जिन खेलाडी खेलाडी आफुलाई नचाहिने बताए । 

साथै उनले लिगपछि जो खेलाडी सतप्रशितक फिट छन, उनीहरुले मौका पाउने बताए । यस्तै उनले अहिले २०२२ को योजना बनाएको र अर्को बर्ष फेरी नयाँ योजनाका साथ अगाडी बढ्ने धारणा राखे । 

अब्दुल्लाहले आगामी दिनमा राष्ट्रिय टिममात्र होइन, यू २३, महिला, यू १९ टिममा पनि परिवर्तन गर्ने प्रतिबद्धता जनाए । तर त्यसका लागि आफुलाई काम गर्ने मौका र समय चाहिएको बताए । साथै उनले खेलाडी मात्र होइन, फिजियो, प्रशिक्षकले पनि विदेशमा प्रशिक्षणको अवसर सिर्जना गर्ने धारणा राखे । 

बर्ष २०२२ मा आफुले तीन चरणमा काम गर्ने बताउँदै पहिलो चरणमा एसियन कप छनोटको योजना सार्वजनिक गरे । यसका साथै उनले फिफा विन्डोमा आफु भन्दा बलियो टिमसँग मैत्रीपुर्ण खेल खेल्ने । त्यसमा सुरुवाती दुई विन्डोमा कोसँग खेल्ने भन्ने तय भइसकेको समेत बताए । तर उनले टिमको नाम भने खुलाउन चाहेनन् । 

उनले इराक भन्दापनि बलियो टिमसँग समेत खेल्ने योजना रहेको समेत बताए । साथै अब्दुल्लाहले सबै पत्रकारलाई खेलाडी र टिमको मनोबल उच्च हुने किसिमले समाचार संम्प्रेषण गर्नका लागि आग्रह गरे । यदि टिमका लागि राम्रो हुन्छ भने तपाईहरुले पनि सकारात्मक कुरालाई लेखिदिन आग्रह गरे । 

यस्तै अब्दुल्लाहले यदि कुनैपनि ब्यक्तिले खेलाडी वा आफ्नो टिमकोविरुद्धमा उत्रिएको खण्डमा त्यसको जवाफमा टिम र खेलाडीले भन्दापनि समर्थकले दिने बताए । आफु नयाँ योजनाका साथ आएको र सबैले मिलेर यसलार्ई अझ बलियो बनाउन आवश्यक रहेको धारणा उनले राखे । 

भर्खरै

Advertisement