प्रशिक्षक अब्दुल्लाहले फेरि पनि भने-'म र मेराे टिमलाई गलत कुरामा नमिसाउ'

खेलाडी, समर्थक र स्टाफकाे मायाले फेरी नेपाल फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-१६
  • |
  • 2911 पटक हेरिएको

हाइलाइट्स

  • खेलाडी, समर्थक र स्टाफकाे मायाले फेरी नेपाल फर्किए

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् ।

कतार फुटबल संघको सहयोगमा तीन वर्षलाई सम्झौता थप गरेर आएका प्रशिक्षक अब्दुल्लाहले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आफ्ना योजनाहरु सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाहलाई सन् २०२४ लेखिएको रातो जर्सी हस्तान्तरण गरेका थिए ।

No description available.

अब आफ्नो ध्यान एसियन कप क्वालीफायरमा रहने प्रष्ट पारे । नेपाल अहिले एसियन कप क्वालीफायरको तेस्रो चरणमा प्रवेश गरिसकेको छ ।

अहिले नै एसियन कपका लागि नेपाली टिम छनोट हुने सम्भावना कम रहे पनि प्रतियोगितामा राम्रो नतिजा निकाल्ने विश्वास पनि व्यक्त गरे । नोभेम्बरमा २ वटा म्याच खेल्ने योजना पनि सुनाए ।

यसबीचमा ए डिभिजन लिग पनि शुरुहुने भएकाले त्यो नेपाली खेलाडीको लागि राम्रो अबसर रहेको प्रशिक्षक अब्दुल्लाहको भनाई छ ।

यसैगरी एशिया कप क्वालीफायर सेप्टेम्बरमा हुने भएकाले त्यसकालागि तयारी गर्ने बताए । त्यसैगरी उनले सन् २०२२ को तालिका पनि सार्वजनिक गरेका छन् ।

अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर नेपाल फर्किएको बताएका छन् । 

साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले आज दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकाश (मल्ल) सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाइँ भन्न नसकेर नेपाल फर्किएँ ।’

पत्रकार सम्मेलनमा उनले आफुहरु फुटबलको विकाशका लागि लागिपरेको र आफुपनि मानिन नै भएको बताउँदै सबैले फुटबलको विकाशमा केन्द्रित हुन  आग्रह गरे । साथै उनले प्रशिक्षकले के खायो, के लगायो, कस्तो कपाल काट्यो भनेर आलोचक हुन जरुरी नभएको बताए । साथै उनले यदि कसैले ब्यक्तिगत रुपमा आक्रमण गर्न खोजेको खण्डमा त्यसको प्रतिकार आफुले पनि गर्ने प्रष्ट पारे । 

 दशरथ रंगशालामा जारी पत्रकार सम्मेलनमा के भने त प्रशिक्षक अब्दुल्लाहले । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey