पलेशालाई आईओएफटीसीको सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-१२
  • |
  • 2227 पटक हेरिएको

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालिम्पक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ ।


टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् । रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराउदै कांस्य पदकनजिक पुगेकी थिइन् । कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।


पलेशासंगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार नगद प्रदान गरियो ।


संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई पाटन माविमा आयोजित एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरे । सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्‍याएवापत जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत सबैलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर बृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रिएता बढाउनु पर्नेमा जोड दिए ।
पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal