मुख्य प्रशिक्षक अब्दुल्लाह नै हुनेछन्: एन्फा अध्यक्ष शेर्पा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०७
  • |
  • 2999 पटक हेरिएको

हाइलाइट्स

  • प्रशिक्षकको विषयमा अलि लामो समयका लागि कतारले सहयोग गर्ने बचन दिएको बताए । प्रशिक्षक अब्दुल्लाह कि अरु ए,बी,सी भन्ने नेप्लेजको जिज्ञाषामा अध्यक्ष शेर्पाले भने ‘अब्दुल्लाहलाई नै पठाउने कुरा भएको छ ।’

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अब्दुल्लाह अल्मुताइरीनै नेपाली टिम सम्हाल्न आउने बताएका छन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेपछि नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ ।

तर, प्रशिक्षक अब्दुल्लाह भने उतैबाट आफ्नो देश फिर्ता भएका छन् । कुवेती नागरिक अब्दुल्लाह कतार फुटबल संघको सहयोगमा नेपाली टिम सम्हाल्न आएका हुन् । उनलाई कतार फुटबल संघले नै तलब लगाएतका सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा प्रवेश गरेपछि प्रशिक्षक अल्मुताइरीले फाइनल खेल आफ्ना लागि अन्तिम हुने बताएका थिए । 

साफ सकिएपछि एन्फा अध्यक्ष शेर्पा कतार पुगेका थिए । कतार फुटबल संघका अध्यक्षसँग पनि छलफल गरेका शेर्पाले अब्दुल्लाहलाई नै नेपाल ल्याउने गरि छलफल भएको नेप्लेजसँगको कुराकानीमा बताए । नेपालको फुटबलको विकासमा कतारले सहयोग गर्ने अरु विषयमा पनि छलफल भएको र यसबारे चाँडै थाहा हुने पनि बताए ।

साथै प्रशिक्षकको विषयमा अलि लामो समयका लागि कतारले सहयोग गर्ने बचन दिएको बताए । प्रशिक्षक अब्दुल्लाह कि अरु ए,बी,सी भन्ने नेप्लेजको जिज्ञाषामा अध्यक्ष शेर्पाले भने ‘अब्दुल्लाहलाई नै पठाउने कुरा भएको छ ।’

आफूले अब्दुल्लाहसँग पनि छलफल गरेको बताउँदै अध्यक्ष शेर्पाले पूर्व सहमति अनुसार साफकाृे फाइनल पछि केही समय विदामा रहेको बताए । कतारमा प्रशिक्षकसँग भएको छलफलमा एशियन कप छनोटको तयारीका सम्बन्धमा पनि छलफल भएको जानकारी दिए ।

हेरौं भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey