बार्सिलोनासँग ६ बर्षको नयाँ सम्झौता गर्नुअघि फातीले पीएसजी, युनाइटेड र लिभरपुलको प्रस्ताव ठुक्रयाए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 487 पटक हेरिएको

हाइलाइट्स

  • विहिबार फातीले बार्सिलोनासँग ६ बर्षको नयाँ सम्झौता गरेका हुन । जसका कारण उनी सन् २०२७ सम्म बार्सिलोनामा नै रहनेछन ।

बार्सिलोनाका वन्डर किड मानिएका अंशु फातीले बार्सिलोनासँग ६ बर्षको नयाँ सम्झौता गर्दा तीन ठूला क्लव म्यानचेस्टर युनाइटेड, लिभरपुल र पेरीस सेन्ट जर्मेनको प्रस्तावलाई अस्विकार गरेका थिए ।

विहिबार फातीले बार्सिलोनासँग ६ बर्षको नयाँ सम्झौता गरेका हुन । जसका कारण उनी सन् २०२७ सम्म बार्सिलोनामा नै रहनेछन ।

यतिमात्र होइन बार्सिलोनाले उनको रिलिज क्लजपनि एक विलियन युरो राखेको छ । जुन पेद्रीको बराबरको रहेको छ । 

यो महिनाको अन्तिममा १९ बर्षपुग्ने फातीले बार्सिलोनाबाट नै लामो समय खेल्ने लक्ष्यका साथ अरु क्लवको प्रस्ताव अस्विकार गरेको बताइएको छ ।

फातीलाई अनुबन्ध गर्न पीएसजी, लिभरपुल र युनाइटेडले अहिले पाउँदै आएको तलवको दोब्बर दिने प्रस्ताव गरेका थिए । 

तर फातीले १० बर्षको उमेरमा सेभियाबाट २०१२ मा अनुबन्ध भएको क्लव बार्सिलोनामा नै रहने निर्णय गरेका थिए ।

उनले तीन ठुला क्लवले आफुलाई प्रस्ताव गरेको र त्यसलाई अस्विकार गरेको बताए । फातीले बार्सिलोनाबाट लियोनल मेस्सीले लगाउँदै आएको १० नम्वरको जर्सी लगाउने छन ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey