साफमा उपविजेता बनेको नेपाली टोली काठमाडौं आईपुग्यो
- नेप्लेज
- |
- २०७८-०७-०१
- |
- 1167 पटक हेरिएको
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
मालदिभ्समा भएको साफमा नेपाली टोली उपविजेता भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपाली टोली फाइनलमा भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । नेपाल साफमा ऐतिहासिक सफलता हात पारेको छ ।
नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेको थिएन।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किएन । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।
अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।