क्यानद्वारा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 1557 पटक हेरिएको

नेपाल क्रिकट संघले पुरुष टिमका लागि मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले सोमबार आह्वान गरेकोमा इच्छुक र योग्य व्यक्तिले अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् । 

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका दौरान मुख्य प्रशिक्षक डेव ह्वाटमोरले सिरिजपछि लागु हुने गरि राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

प्रशिक्षकका लागि न्युनतम आवश्यकता

  • इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ प्रशिक्षक हुनुपर्ने
  • आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षण गरेको हुनुपर्ने
  • क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेका

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal