Mega Bank

दुई वर्षमा विश्वकप भए त्यसको असर अन्य खेललाई पर्ने आइओसीकाे चेतावनी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 1874 पटक हेरिएको

हाइलाइट्स

  • पुरुष प्रतियोगिताको बृद्धिले  लैङिक असमानता  बढाउन सक्ने आइसीको भनाई छ । यसबारेमा बृहत बहस जरुरी रहेको भन्दै आइओसीले फुटवल संग सरोकार राख्ने निकाय, अन्तराष्ट्रिय खेल महासंघ, ठुला प्रतियोगिता आयोजक संस्था र खेलाडीको प्रतिनिधित्व गर्ने संस्थासंग सहयोगको आग्रह गरेको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी आइओसीले,  दुई वर्षमा विश्वकप भए त्यसको असर अन्य खेललाई पर्ने चेतावनी दिएको छ ।  

पुरुष प्रतियोगिताको बृद्धिले  लैङिक असमानता  बढाउन सक्ने आइसीको भनाई छ । यसबारेमा बृहत बहस जरुरी रहेको भन्दै आइओसीले फुटवल संग सरोकार राख्ने निकाय, अन्तराष्ट्रिय खेल महासंघ, ठुला प्रतियोगिता आयोजक संस्था र खेलाडीको प्रतिनिधित्व गर्ने संस्थासंग सहयोगको आग्रह गरेको छ ।

फिफाले अन्तराष्ट्रिय फुटवल महासंघ फिफा, चार वर्षको सट्टा प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने योजनामा छ ।  फिफाको यो प्रस्तावमा आगामी डिसेम्बरमा दुई सय एक सदस्य राष्ट्रले मतदान गर्नेछन् । फिफा अध्यक्ष पनि दुई वर्षे विश्वकप बारे सकारात्मक देखिएका छन् ।

आर्सनलका पुर्व प्रशिक्षक तथा  फिफाका विश्व फुटवल विकास प्रमुख आसर्नले विंगरले दुई वर्षमा विश्वकप आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।  तर विभिन्न महादेश, राष्ट्रिय संघ, खेलाडी , खेलाडीको छाता संगठन लगायत दुइ वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको विपक्षमा देखिएका छन ।

युरोपियन फुटवल महासंघले दुई वर्षमा आयोजना हुदा विश्वकपको भ्यालु कम हुने, खेलाडीले धेरै समय खेल्नु पर्ने जोखिम र महिला फुटवल माथि प्रभाव पर्ने भन्दै विरोध गरेको छ । युएफाले दुई वर्षमा आयोजना हुने विश्वकपमा भाग नलिने चेतावनी दिइसकेको छ । दक्षिण अमेरिकी फुटवल महासंले पनि विपक्षमा मत दिएको छ ।  

भर्खरै

Advertisement