बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउछु-मन्त्री गहतराज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 1019 पटक हेरिएको

हाइलाइट्स

  • 'बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छुु ।

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने बताएका छन ।

आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त रुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन ।

'बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छुु । मन्त्री अथकले भने 'युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु । कसरी हुन्छ साथिभाई र खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार यो जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने छु ।'

उनले युवालाई स्वरोजगार बनाउने, खेलकुद क्षेत्रलाई टेवा पुर्‍याउने तथा स्काउट लगायतलाई चलायमान र क्रियाशिल बनाउने कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जस्तो सुकै काम पनि आफुले गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री अथक दशैको अवसर पारेर जिल्ला आएका थिए । जिल्ला बसाईका क्रममा उनले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलाडी, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए । उनी आजै काठमाडौ प्रस्थान गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey