चरिकाेटमा पहिलाे पटक 'हाइ अल्टिच्युट' रेस्लिङ हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 1140 पटक हेरिएको

हाइलाइट्स

  • कार्तिक १३ गते हुने सो प्रतियोगिता पहिलो पटक दोलखामा हुने भएको हो । चरिकोटको प्राकृतिक र पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गरेर यो प्रतियोगिता हुन लागेको हो । 

प्रदेश खेलकुद विकास समिती बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा दोलखाको चरिकोटमा पहिलो संस्करणको हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । 

कार्तिक १३ गते हुने सो प्रतियोगिता पहिलो पटक दोलखामा हुने भएको हो । चरिकोटको प्राकृतिक र पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गरेर यो प्रतियोगिता हुन लागेको हो । 

प्रदेश खेलकुद परिषद् बागमतीका सदस्यसचिव सुर्यलाल भण्डारीले विश्वमा कतैपनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा दोलखामा यो प्रतियोगिता गर्नु आफैमा ठुलो कुरा भएको बताए । यो प्रतियोगिता पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । 

यो प्रतियोगिता अर्को बर्ष अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युट रेस्लिङ प्रतियोगिता गर्ने उद्देश्यका साथ प्रदेश सरकारले गर्न लागेको हो । 

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिडको महामारीमा थलिएको पर्यटन प्रदर्धनमा यो प्रतियोगिता टेवा पुग्ने बताइन । 

राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउनेछन । 

प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ । जसमा प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey