६ महिना तनाव भयाे, २ साता आराम गरेर नेपाल बस्ने नबस्नेमा निर्णय गर्छु-अल्मुलाइरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 2809 पटक हेरिएको

हाइलाइट्स

  • उनले पछिल्लो ६ महिना आफ्ना लागि निकै कठिन भएको र आफ्नो परिवारसँग समय विताउन आवश्यक रहेको बताए । 
  •  उनले नेपाली समर्थकका लागि फेरी सरप्राइज हुनसक्ने बताएका छन् ।

साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु नेपाल फर्कने नफर्कने विषयमा कम्तिमा दुई साताको समय चाहिने बताएका छन्। 

उनले फाइनलमा भारतसँग तीन शुन्यले पराजित भएपछि पत्रकारसँग कुरा गर्दै अब नेपाल फर्किने विषयमा कम्तिमा दुई साताको समय चाहिएको बताएकाछन्। उनले आफुलाई केहि समय आरामका लागि चाहिएको र आफ्नो परिवारसँग समय विताउन आवश्यक रहेको र त्यसपछि यो विषयमा आगामी निर्णय लिने बताए । 

उनले पछिल्लो ६ महिना आफ्ना लागि निकै कठिन भएको र आफ्नो परिवारसँग समय विताउन आवश्यक रहेको बताए । साथै उनले नेपाली समर्थकका लागि फेरी सरप्राइज हुनसक्ने बताएकाछन्।

साथै उनले नेपाली समर्थकबाट निकै धरै माया पाएको र त्यसलाई छोडेर जान कठिन भइरहेको बताए । यस्तै उनले नेपाली समर्थक र नेपालको फुटबललाई निकै माया गर्ने र सधै मनमा रहने बताए । 

उनले नेपालमा सबैले साथ नदिरहेको बेला समर्थकले आफुलाई पहिलो दिनबाट साथ दिएको र त्यसलाई आफुले चटक्क छोड्न नसक्ने बताए । यस्तै उनले फाइनलमा तीन शुन्यले हार्नुको कारण नेपाली टिमसँग फाइनलमा खेल्ने अनुभव नभएको बताए । 

यदि कुनै टिमले एक मिनेटको भित्र दुई गोल खान्छ भने त्यो कुनैपनि टिमका लागि कठिन हुने र नेपालका लागि पनि त्यो भएको बताए । यस्तै उनले नेपाली समर्थकलाई टिमलाई जहिले पनि सपोर्ट गर्नका लागि आग्रह गरे । उनले प्रशिक्षक र फेडेरेसनलाई जे गरेपनि टिमलाई सपोर्ट गर्न अपिल गरेका छन् । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal