‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-३०
  • |
  • 1184 पटक हेरिएको

अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् ।

जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने  ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका  अनुभवी खेलाडी हुन् । विश्वका चर्चित  बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ । 
     
आज सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको  जनाएको छ । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि  पिताकै विशेष प्रशिक्षणमा पूरा गरेकाे जनाइएको छ  । प्रशिक्षक देवकुमारले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको  जनाएका छन् ।  

प्रशिक्षक  देवले  पनि सामाजिक सञ्जालमा भन्नुभएको छ “युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ । अविरलले ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुनु आफैमा प्रतिष्ठाको विषय हो । प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु । ” सो प्रतियोगितामा  विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ । रासस

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey