Mega Bank

साफले नेपाली फुटबलको अपमान गर्‍यो : मुख्य प्रशिक्षक अब्दुल्लाह 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-३०
  • |
  • 1896 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफले आफूलाई कारबाही गरेर नेपालीलाई पनि अपमान गरेको बताएका छन् ।

पछिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकै कारण उनलाई साफले फाइनल खेलमा प्रतिबन्ध गरेको छ ।

साफको नियम अनुसार खेलाडीलाई मात्रै यो नियम लागू हुने भए पनि अन्तिमसमयमा नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायलाई सम्बोधन गर्दै पत्र पठाएर अब्दुल्लाहलाई फाइनल खेलको टच लाइन र ड्रेसिङ रुममा सहभागी हुन नपाउने जानकारी गराएको छ ।

प्रशिक्षक अब्दुल्लाहले भर्चुअल माध्यममार्फत माल्दिभ्सबाटै गरेको पत्रकार सम्मेलनमा साफले अब्दुल्लाहलाई कारबाही गर्नु भनेको खेल भावना बिपरित नेपाल र नेपाली फुटबल समर्थकहरुलाई पनि अपमानित गरेको बताए ।

आफ्नै नियम विपरित गएर आफूलाई कारबाही गरेको प्रति आपत्ति जनाउँदै यस विषयमा एन्फाले पहल गरेको पनि बताए । यस विषयमा आफूले अपिल गर्ने पनि बताए ।

फाइनल म्याचमा आफू रंगशाला जाने र नेपाली टिमले उपाधिका लागि उत्कृष्ट प्रदर्शन गर्ने पनि बताए ।

यस्तै आजको फाइनल खेलमा भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमाच पनि टच लाइनमा हुने छैनन् । उनले माल्दिभ्स विरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।

भर्खरै

Advertisement