साफ फाइनल : नेपाल र भारतका मुख्य प्रशिक्षक उपस्थित हुन नपाउने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-३०
  • |
  • 2337 पटक हेरिएको

साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज राति हुँदै छ । मालेको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने ९ बजेदेखि शुरुहुने छ ।

नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको हो भने अहिलेसम्म ११ पटक फाइनलमा पुगेको भारतले सात पटक उपाधि नै उचालेको हो । 

नेपाली टिम पहिलो पटक नै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने टच लाइनमा हुने छैनन् ।

समूह चरणका खेलमा दुई वटा पहेँलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाउने साफले जनाएको छ । साफको नियमावलीमा अफिसियलको पहेँलो कार्डको विषयमा उल्लेख छैन । यस विषयमा एन्फाले साफलाई पत्रचार गरेको जनाइएको छ । रातो कार्ड पाउँदा भने खेल गुमाउने गर्छन् ।

सोही कारण भारतीय टिमका प्रशिक्षक इगोर स्टिमाचले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए । जसका कारण भारतीय टिमका मुख्य प्रशिक्षक स्टिमाचले पनि टच लाइन छुन पाउने छैनन् ।


खेलाडीले लगातार दुई खेलमा पहेँलो कार्ड पाउँदा भने खेल गुमाउँछन् ।

सोही नियम अनुसार नेपाली खेलाडी अञ्जन विष्टले आजको फाइनल खेल गुमाउने छन् भने भारतीय टिमका सुभासिस बोस पनि दोहोरो पहेँलो कार्डमा रहेकाले उनी पनि टोलीसँग हुने छैनन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal