अष्ट्रेलियामा नेपाली बने स्टेट च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२८
  • |
  • 673 पटक हेरिएको

 विजय सिंह तामाङले साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् ।

उक्त उपाधि जितेसँगै उनी अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । उनले अष्ट्रेलियामा काम गर्दै प्रतियोगिताको तयारी गरेका थिए । उनले विगत ११ वर्षदेखि जिम गरिरहेका छन् ।

वि.सं. २०४५ साल श्रावण ६ गते भोजपुरमा बुवा मान बहादुर तामाङ र आमा स्वर्गिय अरुनमाया तामाङको कोखबाट कान्छो छोराको रुपमा उनको जन्म भएको थियो । उनका दुई दाजु र दुई दिदी रहेका छन् ।

भोजपुरमा जन्म भएता पनि उनी धरानमा नै हुर्किएका हुन् । उनले धरान-१२ मा रहेको पब्लिक हाई स्कुलबाट एसएलसी र प्लस टू उत्तिर्ण गरेका हुन् । हाल उनी धरान-१४ विजयपुरमा बस्दै आएका छन् । सरिना तामाङसँग विवाह गरेका उनको एक छोरा सेजुन तामाङ रहेका छन् ।

No description available.

यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो ताैत समूह ७०+ मा द्वितिय बन्न सफल भएका थिए । उनी अष्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत हरेका थिए ।

म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए ।   

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey