अन्तर्राष्ट्रिय गोलसंख्यामा सुनील क्षेत्रीले पेलेलाई उछिने

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-२८
  • |
  • 1961 पटक हेरिएको

भारतलाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउने निर्णायक खेलमा कप्तान सुनील क्षेत्रीले गएराति माल्दिभ्सविरुद्ध उसकै मैदानमा २ गोल गरे । 

समग्रमा आयोजक टोलीलाई ३–१ गोलअन्तरले हराएर भारतले आठौं साफ उपाधिका लागि नेपालसँगको फाइनल भेट निश्चित गरेको छ । 

यो खेल भारतको प्रतियोगितामा पुनरागमनमात्र थिएन कप्तान सुनील क्षेत्रीको करिअरमा पनि अर्को एक कोशेढुंगा थियो । 

सुनीलले अन्तर्राष्ट्रिय गोलसंख्यामा ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेलाई उछिनेका छन् । उनले अन्तर्राष्ट्रिय गोलसंख्या ७९ पुर्‍याएका छन् ।

यो सफलता उनले १२४ अन्तर्राष्ट्रिय खेलमा पूरा गरेका हुन् । 

पेलेले भने ब्राजिलको जर्सीबाट ९२ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए । पेलेले आफ्नो करिअरमा १ हजारभन्दा धेरै गोल गरेका छन् । 

भारतका महान खेलाडी भन्ने क्रममा रहेको सुनीलले नेपालविरुद्ध ६ गोल गरेका छन् ।

उनले सन् २००५ मा पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेयता तीनवटा अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका छन् ।

जारी साफ च्यामिपयनसिपमा नेपालविरुद्धको जितमा उनैले निर्णायक गोल गरेका थिए ।

अघिल्लो महिना दशरथ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा पनि उनले गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey