साफकाे उपाधिका लागि नेपालकाे प्रतिद्वन्द्धी भारत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 1455 पटक हेरिएको

हाइलाइट्स

  • भारतले माल्दिभ्सलाई तीन एक गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ । 

लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी खेलेर फाइनलमा स्थान बनाएको हो भने भारतले माल्दिभ्सलाई तीन एक गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

साफ च्याम्पियनसिपमा सर्वाधिक सफल टिम भारतले फाइनलमा नेपालसँग खेल्नेछ । अहिलेसम्म सात पटक यो प्रतियोगिताको उपाधि जितसकेको भारत अन्तिम खेलमा जित्नैपर्ने दबावका विच साविक विजेता माल्दिभ्सलाई तीन एकले हराउँदै फाइनलमा स्थान बनायो । 

भारत साफ च्याम्पियनसिपको फाइनलमा पुगेको यो आठौं पटक हो । माल्दिभ्सविरुद्ध भारतको जितमा कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे भने मानबिर सिंहले एक गोल गरे । घरेलु टिम माल्दिभ्सका लागि एकमात्र गोल अली अस्फाकले गरे । 

खेलको ३३ औं मिनेटमा मानबिरकाे गाेलमा भारतले अग्रता बनाएकाे थियाे । तर, ४५ औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ को बराबरीमा पुर्याए ।

पहिलाे हाफ एक एक गाेलकाे बराबरीमा सकिएकाे खेलकाे ६२ औं मिनेटमा सुनिल क्षेत्रीले भारतलाई २-१ को अग्रता दिलाए । ७१ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-१ ले अगाडी राखे । 

तर खेलको इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो । तर त्यसका फाइदा माल्दिभ्सले उठाउन सकेन । जसका कारण भारतले फाइनलमा स्थान बनाएकाे छ । 

अब फाइनलमा भारतले पहिलाेपटक नयाँ बिपक्षीसँग खेल्नेछ । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey